images

‘होस्टेल ३’ फागुन १६ गते रिलिजहुने, ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

काठमाडौं । निर्माणाधीन नेपालीचलचित्र ुहोस्टेल ३’ले छायाङ्कन अगावै रिलिजमिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमा जानलागेको यो चलचित्रआगामीफागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए। यसअघि प्रमुखभूमिकामा ुकुलब्वायु अर्थात् पारस बम, रिहानगिरी, पदमतामाङ र सिम्रनपन्तअनुबन्धितभइसकेका छन् । अब यो चलचित्रमाअर्कोप्रमुखभूमिकामानयाँपात्रको प्रवेश भएको छ, उनीहुन् आशिष घिमिरे। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमाचर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’माआफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामाअभिनय गरेका थिए। उनी सो शृङ्खलामानिकै चर्चित थिए। ‘यस चलचित्रमाकेहीप्रमुखपात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिकाबलियो छ। होस्टेलमा बसेर अध्ययनगर्नेहरू मध्ये एक जनापुरुषकलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्रआशिषमापायौँ,’ निर्देशक कँडेलले भने । यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनिअनुबन्धितभएकी छन् । हेना थियटर पृष्ठभूमिबाट चलचित्रमाप्रवेश गरेकीहुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मापनिअभिनय गरेकी छन्। चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् । इन्टरनेट दुनियाँकाचर्चित पारस बम ‘कुलब्वाय’नामले परिचित छन् ।  रिहानगिरी गायन रियालिटी शो ुभ्वाइस अफनेपालुको चौथो संस्करणको टप १० फाइनलिस्ट हुन् । पदमतामाङ भारतको सिक्किममाबहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन् । सिम्रनपन्तले मुम्बई र नेपालमाअभिनय प्रशिक्षण लिएकी छन्। यि कलाकार बाहेकअन्यकलाकारहरू पनिचलचित्रमाअनुबन्धभइसकेको र उनीहरूलाई क्रमशः परिचय गराउने निर्देशकले कँडेलले बताए । होस्टेलु चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृतिश्रेष्ठ लगायतकाकलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ुहोस्टेल रिटर्न्सुबाट स्वस्तिमा खड्का, सुशीलश्रेष्ठ, नजिर हुसेन, सुशील सिटौलालगायतकाकलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपालीचलचित्रका सफलकलाकारहरू बनिसकेका छन् । वि.सं. २०७० सालमा रिलिजभएको ‘होस्टेल’ र २०७२ मा रिलिजभएको ुहोस्टेल रिटर्न्सु घरेलु बक्स अफिसमा सफलभएकाथिए।होस्टेल ३को लागिमाधवशर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथाभने निर्देशक कँडेलले नै लेखेका हुन् ।  ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसकाकार्यकारी निर्माताशङ्कर कोइरालाहुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्दअधिकारी हुन्। सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइनप्रोड्युसर भेषराजगौतम हुन् । 
 

शनिबार १९ साउन २०८१ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया