बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौँ - बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित भएर आज बिहान ११ बजे बस्न लागेको हो ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा प्रतिपक्षी दलको विरोधका कारण बैठक बस्न सकिरहेको छैन । बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा आइतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।