images

प्रदेश स्तरीय कबड्डीमा सुनसरी अगाडि

विराटनगर ।मोरङकोविराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिगकम नकआउटप्रतियोगितामा सुनसरी जिल्लाशीर्ष स्थानमा रहेको छ ।

कोशीप्रदेश खेलकुदविकास बोर्डले आयोजना गरेको कबड्डीप्रतियोगिताको दोस्रो दिनसुनसरीले ३ खेल खेल्दै ६ अंकका साथशीर्ष स्थानमा रहेको छ । 

ताप्लेजुङ र पाँचथर समानअंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जितनिकालेका थिए । सोलुखुम्बुले १ खेलमाजित १ खेल बराबरी र १ खेल हार्दै ३ अंकप्राप्त गरेको छ । झापा र मोरङले २–२ अंकप्राप्तगर्दा १ खेलमाजित १ खेलमाहारेका छन् । इलाम १ खेलमाजितनिकाल्दै २ अंकप्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंकप्राप्त गरेको छ ।

त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगाकुनै पनि खेलमानतिजानिकाल्ननसक्दाअंकविहीनअवस्थामा छन् । 

प्रतियोगितामाप्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मामोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । समूह ‘बि’माइलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले सहभागिताजनाएका छैनन् । 

बुधबारसम्म सञ्चालनहुने प्रतियोगिताको विजेताले १ लाखरुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँपुरस्कार प्राप्त गर्ने खेलकुदविकास बोर्डले जनाएको छ । 
 

बुधबार १९ असार २०८१ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया