images

कोष्टारिका कोपा अमेरिकाको समूह चरणबाटै विदा

काठमाडौं । कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमाविजयीभएको छ । 
बुधवार विहानभएको खेलमापाराग्वेलाई २–१ गोल अन्तरले पराजितगर्दै कोष्टारिकाले तालिकामा ४ अंकबनाएपनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिर पुग्यो । 
कोष्टारिकाको जितमाफ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एकगोल गर्दा पाराग्वेका रामोन सोसाले एक गोल फर्काए ।
टेक्ससमा भएको खेलमा कोष्टारिकाले तेस्रो मिनेटमै अग्रतालिएको थियो । काल्भोले जोसेफ मोराको कर्नर पासमा हेडर गोल गर्दै अग्रतादिलाएकाथिए ।
सातौं मिनेटमा कोष्टारिकाले अग्रता दोब्बर बनायो । जेफरसन ब्रेनेसले बक्सबाहिरबाट दिएको पासमा जोसिमरले गोल गरेपछि सुरुमै २–० को अग्रतालियो ।
पहिलो हाफमा २ गोलको अग्रतालिएको कोष्टारिकाले दोस्रो हाफमागोल थप्ननसके पनि १ गोल खानपुग्यो ।
५५ औंमिनेटमा पाराग्वेका माथियस विलसान्तीले दिएको पासमा रामोन सोसाले गोल गर्दै अग्रता २–१ मा झारेका थिए ।
तर, त्यसपछि लगातार प्रयास गरे पनिपाराग्वले थपगोल गर्न नसक्दा कोस्टारिका विजीभएपनिअन्तिम ८ मा पुग्नपर्याप्त भएन 
 

बुधबार १९ असार २०८१ ०६:१३ PM मा प्रकाशित

प्रतिक्रिया