images

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागिविदेशीमुद्राको विनिमय दर तोकेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार, आज यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्यअंकमा बढेको छ।
आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।
त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ।
कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

बुधबार १९ असार २०८१ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया