नेपालमा थप ४ जनामा काेराेना देखियाे, सक्रिय संक्रमित कति ?

काठमाडौं - देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय ४५ जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिबार २ जना संक्रमित निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १८ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।