images

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थितविकास आर्थिक मामिलातथा सुशासन समितिको हलमा बस्नेछ ।
बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइकाविषयमा छलफल हुनेछ ।समितिले आज सर्वोच्च अदालतमाप्रधानन्यायाधीशकालागिसिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसकालागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।संवैधानिक परिषदको गतभदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीशतथा सेवालम्साल र चित्रलेखायादवलाई क्रमशः बेल्जियम र अष्ट्रेलियाको राजदूतकालागिसिफारिस गरेको थियो ।समितिले हिजो प्रस्तावितन्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएकाउजुरीकर्तासँग छलफल गरेको छ । समितिमा प्रस्तावितप्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वयलम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।
 

बुधबार १६ असोज २०८१ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया