काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयकाअनुसार आजअर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसदैछ । अर्थ समितिमाआजराष्ट्रिय अर्थतन्त्रका समसामयिकविषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागिबोलाइएको छ । त्यस्तै, उद्योगतथा वाणिज्य र श्रम तथाउपभोक्ताहित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा विद्युतीयव्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ । त्यसैगरी, बिहान ११ बजेका लागिबोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गतआर्थिक वर्ष २०८०÷०८१ को बार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया