काठमाडौं । संस्कृति,पर्यटन तथानागरिक उड्डयनमन्त्रीबद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन् । शुक्रबार नेपालीकांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाललोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवमअन्तरक्रियाकार्यक्रममाबोल्दै उक्त कुरा बताएकाहुन् । उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुनदाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वताव्यक्त गरे । मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीतिबन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहनआग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिवद्व रहेको बताए । साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगतलाभकाकामनभई समग्र मुलुकको समृद्धि र विकासमा टेवापुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए ।पर्यटन व्यवसायीआफैंमा थिङट्याक्कभएकाले निष्कर्ष र निचोड सहितको सुझावदिन समेत आग्रह गरे ।
प्रतिक्रिया