आजको विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर झन्डै १०० रूपैयाँ

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ। हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसामा काराेबार भएकाे थियाे।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसामा काराेबार गर्ने अनुमति पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसामा काराेबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २१ पैसा र बिक्रीदर १० रूपैयाँ २५ पैसा कायम गरिएकाे छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.६ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२६ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.७ पैसा विक्रीदर ४२९.२ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ।