काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमतीप्रदेशका एक–दुई स्थानमाहल्का वर्षा भइरहेको छ । आजदिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनीतथाबाँकीप्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, बागमती, गण्डकी र कर्णालीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस र कोशीप्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेको छ । आज रात देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमतथामधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, कर्णाली, सुदूरपश्चिमतथाबाँकीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानतथाबाँकीप्रदेशका केहीभागमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमाभारी वर्षाका साथै मधेस र कोशीप्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरोबाट बच्नविभागले आग्रह गरेको छ ।
प्रतिक्रिया