images

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमाप्रवेश गरेका छन् । 
सोमबार रातिभएको खेलमाफ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजितगर्दै अन्तिम ८ मा स्थानपक्का गरेका हुन् ।
जर्मनीमा जारी प्रतियोगिताअन्तर्गत फ्रान्सको जितमाभने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भेर्टोङ्गेनले आत्मघाती गोल गरेपछि त्यसको फाइदाफ्रान्सलाई भयो ।
निर्धारित समय बराबरीतर्फ उन्मुख खेलको ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्सले १–० को अग्रतालियो । रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
सोहीअग्रता जोगाउँदै फ्रान्स क्वाटरफाइनलमापुगेको हो ।
यस्तै, अर्को खेलमापोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो ।
निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनिगोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पोर्चुगलकागोलरक्षक डिओगो कोस्टाले स्लोभाकियाको तीनै पेनाल्टी विफलपार्दा पोर्चुगल ३–० ले विजयीभयो । त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।
निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमाकप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई स्लोभानियाकाकप्तानयानओब्लाकले विफलपारेका थिए । क्वाटरफाइनलमापोर्चुगल र फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छन् ।

मङ्गलबार १८ असार २०८१ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया