images

साउन ३२ गतेबाट ‘बुलाकी’को प्रदर्शन

काठमाडौं । देशतथाविदेशमा सम्पन्नविभिन्नफिल्ममहोत्सवतथा अवार्ड कार्यक्रममाउत्कृष्ट कहलिएको फिल्म ‘बुलाकी’को नयाँप्रदर्शनमिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट दर्शकमाझल्याउने निर्णय गरेको हो ।
गतबर्षको वैशाख १ गते प्रदर्शनमाआउँदा परिस्थिबस् भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो । तर विभिन्नमहोत्सवमाफिल्मले पाएको उत्साहप्रदप्रतिक्रिया, दर्शक तथाशुभचिन्तकहरूको माग र चाहनाअनुसार फिल्मलाई पुनःप्रदर्शनमाल्याउने निर्णयमापुगेको प्रमुखकलाकारसमेत रहेका प्रस्तुतकर्ता विराज विष्टले बताए ।
विष्टले फिल्मको प्रदर्शन तय भएको उल्लेख गर्दै सार्वजनिक गरेको स्टेटमेन्टमा लेखेका छन्, ’देश विदेशकाविभिन्नचलचित्रमहोत्सव, अवार्ड कार्यक्रममाहाम्रो चलचित्रले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनयलगायतकाविभिन्नविधामाअब्बलउपस्थितिजनाउँदै फिल्म सर्वोत्कृष्ट चुनिन सफल रह्यो, देश विदेशमा रहनुभएका नेपालीफिल्मकाशुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमाफिल्मप्रतिदर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र’बुलाकी’लाई पुनःप्रदर्शनमाल्याउने निर्णयमापुगेका छौं ।’
फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएकाकमीकमजोरीलाई थप सुधार गर्दै थपउत्कृष्ट बनाएर दर्शकमाझल्याउनलागेको समेत विष्टले उल्लेख गरेका छन् । ’कसैको पनिएकलप्रयासले कुनै पनि योजना र यात्रागन्तव्यमापुग्न सक्दैन । नेपाली रजतपटमा बामे सर्दै गरेको हाम्रो टिम यो बीचका केहि निराशा र आवेगलाई उत्साहमा रुपान्तरण गर्दै पुनः एकपटक यहाँहरू सबैसँग हातेमालो गर्न आएका छौं । नेपाली समाजको दूरदराजको यथार्थतालाई पर्दामा ल्याउँदायहाँ सबैको साथ सहयोग, सद्भाव र हौसलाको प्रतीक्षा संधै रहनेछ ।’ फिल्म र फिल्म सम्बद्ध संघ संस्थाहरूबाट सहयोगको अपेक्षासहित विष्ट लेख्छन् ।
स्व. मोती विष्टको प्रस्तुतितथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ’बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । फिल्ममाशिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । फिल्मको कथातथा पटकथा राजबहादुर सानेको हो ।
फिल्ममा सुरक्षापन्त, नरेन खड्का, विराज विष्ट, सरस्वतीखत्री, लक्ष्मीगिरी, सुशीलपोखरेल, रमेश बुढाथोकी, कुलद्विपअधिकारी, झलनाथखत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराजपौडेल, सोनु सेढाई लगायतअभिनयमा छन् ।
अभिनेत्रीपन्तले सामाजिक सञ्जालमापोष्ट लेख्दै नहेर्नु भएका र यसअघि हेर्न छुटाउनु भएकाहरुले नजिकको फिल्महलमागएर फिल्म हेर्न सक्ने उल्लेख गरेकी छिन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरमेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मालिएको छ ।

मङ्गलबार १८ असार २०८१ ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया