images

अमेरिकाको ओहायोमा चक्र विज्ञान, चारसय बढीसहभागी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको ओहायोमा सम्पन्नचक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । 
एनआरएनएअमेरिकाका संयोजक मोहनन्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँभएको बताए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग एवमअभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताए । उनले आफूले बुझेकोभन्दाअध्यात्मको ज्ञान बृहतभएको अनुभूतिभएको बताए । 
डा. रुद्र भट्टले जीवनमाकहीपनिनपाएको ज्ञान र साधनाको विधिपाएको बताउँदै यसले जीवनमाशान्तिमिलेको अनुभव सुनाए । 
ध्रुवराजगिरीले कार्यक्रमले आफूमाआत्मबल, आध्यात्मिकशक्ति र जीवनप्रतिको उत्प्रेरणा जगाएको बताए ।उनले विभिन्नविधिहरूको उत्कृष्ट संयोजन भएको कार्यक्रमले हरेक मानिसको जीवन परिवर्तन गर्ने जनाए । 
सन्तोष सुब्बाले कार्यक्रमजीवनउपयोगीभएको बताउँदै कार्यक्रममासिकेको ज्ञान र विधि र अभ्यासलाई निरन्तरतादिन सके मानवको उद्धार हुने महसुस भएको बताए । 
कार्यक्रममा सात दिनसम्मजीवनविकास विशेषज्ञद्वय रमेश नेपाल र एलपिभानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपीऊर्जा सक्रियर सन्तुलितबनाउनध्यानका वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मककक्षाहरू सञ्चालन गरेका थिए । 

विश्वहिन्दु भुटानी संगठनकोआयोजनामा अमेरिकाको ओहायोस्थितओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाकाविभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिताथियो । 
कार्यक्रम समापनमाअवसरमा जीवन विज्ञान अमेरिकाकाअध्यक्ष सुशिलशर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा.लक्ष्मिनारायण ढकाल, विश्वहिन्दु भुटानी संगठनका अध्यक्षकमलधिमाल सहितकापदाधिकारीलगायतको उपस्थितीथियो ।  
 

मङ्गलबार १८ असार २०८१ ०५:४९ PM मा प्रकाशित

प्रतिक्रिया