images

उरुग्वे र पानामाकोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा

काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थानपक्का गरेका छन् । 
मंगलबार बिहानभएको खेलमाउरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजितगर्दै अन्तिम ८ मा स्थानपक्का गरेका हुन् ।
उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदानउत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफगोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायकगोल दोस्रो हाफमा गरेको हो । 
६६ औंमिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रतादिलाएकाथिए । सोहीअग्रताअन्तिम समयसम्मकायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशतजितका साथअन्तिम ८ मा स्थानपक्का गर्न सफलभयो ।
उरुग्वेको तीन खेलबाट ९ अंकभएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ ।
यही समूह सीबाट पानामाले अन्तिम ८ को टिकट पक्का गरेको छ । पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 
पानामले २२ औंमिनेटमा जोसे फाजाडोको गोलमाअग्रतालिएको थियो । ६९ औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो ।
तर, ७९ औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रताबनाएको थियो । 
दोस्रो हाफको अतिरिक्तपहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामाअन्ततः ३–१ को जितपक्का गर्न सफलभयो । जितसँगै पानामा ६ अंकबनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफलभएको हो । 
 

मङ्गलबार १८ असार २०८१ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया