काठमाडौं । मौसमपूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाकाअनुसार, मंगलबार देशभर साधारणतयादेखि पूर्णतयाबदली रहने छ ।
देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमाभारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनीप्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
तीक्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नतथा यस बाट ती क्षेत्रहरूमा दैनिकजनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथाहवाई यातायातमाआंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कताअपनाउनु हुनमहाशाखाको अनुरोध छ ।
बुधबार पनिदेशभर साधारणतया देखि पूर्णतयाबदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीप्रदेशकाथोरै स्थानहरूमाभारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीप्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया