images

५७वर्षदेखि भोगचलनगर्दै आएको घरजग्गामा रेडक्रसको डोजर

काठमाडौं । कैलालीभजनीनगरपालिका–१ का नरबहादुरबाब्लीको घरमा रेडक्रसले डोजर चलाएपछि उनको परिवार विचल्लीमा परेको छ ।
मंगलबार रिपोर्टर्सक्लब नेपालमापत्रकार सम्मेलन गर्दै बाब्लीले आफूले ५७वर्षदेखि भोगचलनगर्दै आएको सम्पत्तिमा रेडक्रस भजनीउपशाखाले डोजर चलाएको बताएकाहुन् । 
गतअसार १४ गते घरमा कोहीनभएको अवस्थामा नेपालप्रहरी र भजनीनगर प्रहरीको सहयोगमा रेडक्रसले आफ्नो घर भत्काइदिएको उनको भनाइ छ । नरबहादुरअनुसार उक्तजग्गा रेडक्रसले दाबीगर्र्दै आएको थियो ।
नरबहादुरका बाबु वीरबहादुरले २०२४ सालमा स्थानीय तेजनारायण श्रेष्ठसँग ६ कट्ठा ५ धुरा जग्गाकिनेका थिए । जग्गाकिन्दामौखिक रुपमा पैसा दिइएको र कुनै दर्ता वाकागज नगरिएको नरबहादुरको भनाइ छ । नरबहादुरका अनुसार भोगचलनकै क्रममा २०२६ सालमाजग्गावनकार्यालयले दाबी गरेको थियो । 
जग्गामा२०३६ सालमावनले फेरि दाबी गरेको थियो ।वनले सो जग्गामाभवनबनाउनखोजेपछि स्थानीयहरुले प्रतिकार गरेका थिए । प्रतिकारपछि बाब्ली परिवारले जग्गाभोगचलनगर्दै आएको थियो । 
२०५५ सालमा छुट जग्गादर्ता खुलेको बेलाआफूले मालपोत कार्यालय धनगढीमा निवेदनदिएको नरबहादुरले सुनाए । उनको अनुसार त्यतिबेलानापीकार्यालयबाट प्राप्तभएको कागजातको कैफियतमा सो जग्गा ‘तेजनारायण श्रेष्ठ (जग्गा बेच्ने व्यक्ति) र भजनी रेन्जर अफिसको तेरोमेरोमा झगडा परि तिरो तिर्न बाँकी’ लेखिएको कैफियत फेला परेको थियो । आफूले जग्गादर्ताका लागिनिवेदन दिएपछि मालपोतकाअधिकारीहरुले गाउँविकास समितिको सिफारिस मागेका थिए । 
सो समयमागाविसले २०२४ सालदेखि स्थायी रुपमाबसोबास गर्दै आएको भनीनरबहादुरलाई सिफारिस दियो । उनले सो सिफारिस मालपोत कार्यालयमाबुझाए । सो जग्गामाजग्गाविक्रीकर्ता तेजनारायणका छोरा गोविन्दले पनिदाबी गरे । गोविन्दलाई पनि सोहीजग्गादर्ताका लागिभन्दैगाविसले सिफारिस दियो । नरबहादुरका अनुसार त्यसपछि मालपोतले आफूलाई थाहा नै नदिइगोविन्दको नाममाजग्गादर्ता गराएकाथियो । 
पहिलो निवेदनकर्तालाई कुनै जानकारी नै नदिइगोविन्दको नाममाजग्गादर्ता भएपछि दुषितदर्ता बदर गराइपाउँभनीनरबहादुरले जिल्लाअदालतमा मुद्दा दर्ता गराए । २०५९ मा  अदालतले मालपोत कार्यालयको निर्णय सदर गरेको थियो । 
जिल्लाअदालतको फैसलाविरुद्ध नरबहादुरतत्कालीनपुनरावेदनअदालतदिपायलगए । पुनरावेदनले पनि २०६३ सालमाजिल्लाअदालतकै फैसला सदर गरिदियो । जग्गा सम्बन्धिविवादअदालतमाविचाराधीन रहेको अवस्थामागोविन्दले सो जग्गामहुन्यालमाध्यामिकविद्यालय (महुन्यालउच्चमाध्यामिकविद्यालय) लाई दानदिए । 
तत्कालीनविद्यालयव्यवस्थापन समितिकाअध्यक्षनवराजमिश्र पीडितको घरमा आइबुझ्दा जग्गाविवाद रहेको थाहा पाएपछि विद्यालयले दान अस्वीकार गरेको नरबहादुरले बताए । त्यसपछि गोविन्दले जग्गा रेडक्रसलाई दानदिएकाथिए । 
नरबहादुरकाअनुसार २०२४ सालदेखि नै सो जग्गामाउनीहरुले भोगचलन र बसोबास गर्दै आएकाथिए । २०८० वैशाख २९ गते रेडक्रस भजनीउपशाखाका रामनारायण चौधरीलगायतको टोलीआएर सो ठाउँबाट हट्न निर्देशनदिएको उनले बताए । त्यसपछि जिल्लाप्रशासनकार्यालयमा छलफल भएपनिनिश्कर्ष ननिस्किएको उनले बताए । 
उनकाअनुसार गतभदौमा घर भत्काउन रेडक्रसले प्रहरी प्रशासनसहित डोजर लिएर आएपछि त्यहाँका स्थानीयप्रतिकार गरेका थिए । त्यसपछि आफू पुनः सीडीओ कार्यालय जाँदा ‘कसैले घरबास उठाउँदैन, ढुक्क भएर बस्नुस्’ भन्ने आवश्वास पाएको उनले बताए । 
सो क्रममा सीडीओले २०६६ चैत २९ गते दर्ता भएको मठ नं.१७ को निर्णय नं. १२ फाइलमालपोत कार्यालयबाट मगाउने निर्देशनदिएपनिमालपोतले उक्तफाइललुकाइदिएको उनको गुनासो छ । सीडीओले पहिलाकसले निवेदनदिएको थियो भनी परीक्षणका लागित्यो फाइलमगाएपनिलुकाइएको बताए । 
नरबहादुरकाअनुसार उनको घर भत्काउन सुरक्षानिकायका टोलीसहित रेडक्रस डोजर लिएर पुगेको थियो । त्यसबेलापनि घर भत्काउनअसफलभएको रेडक्रसले अन्ततः कोहीनभएको बेलापारेर आफ्नो सम्पत्तिमा डोजर चलाइएको उनको भनाइ छ । 
दुषितदर्ता खोरेज गरी २०२४ सालमाआफ्ना बाबुले किनेको जग्गाआफ्नो नाममादर्ता हुनुपर्ने र रेडक्रसले डोजर चलाउँदाभएको क्षतिपूर्ति आफूले पाउनुपर्ने उनको माग छ ।
जग्गा२०८० साउन २१ गते वडा कार्यालयको रोहबरमा भएको सरजमीनमुचुल्कामा २०२१ सालदेखि नरबहादुरले घर बनाई निरन्तर हालसम्म जोतभोग गर्दै आएको विषय साँचो हो भन्ने पनिउल्लेख रहेको छ । 

मङ्गलबार १८ असार २०८१ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया