images

रोङपालिकाले गरेको प्रतिभाको खोजमा १५ जना छानिए 

इलाम । रोङगाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभाखोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५जनाफाइनलमाप्रवेश गरेका छन् ।
गायन, नृत्य र कविताविधामापाँचरपाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमाप्रवेश गरेका हुन् ।
फाइनलमाप्रवेश गर्नेहरूमाकविताविधामा सामुएलगजमेर, अनिस राई, तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमाप्रवेश गरेको रोङ प्रतिभाखोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायनविधातर्फ सौगात सुब्बा, हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलकालागि छानिएका छन् ।
नृत्य विधामानिरुता राई, प्रज्ञा भुजेल, आरध्य अर्याल, सोनु लावती र सरस्वतीमुखियाफाइनलमाप्रवेश गरेको समितिले जनाएको छ ।
‘रोङ गट ट्यालेन्ट’को फाइनलप्रतिस्पर्धा आगामीशनिबार हुने रोङ गाउँपालिकाअध्यक्षमनिकुमार स्याङ्बोले जानकारी दिए । फाइनल रोङ ३ स्थित पाम्कोल सहकारी भवनमाआयोजना गरिने उनले बताए ।
प्रत्येकविधामाविजेताले नगद पुरस्कारसहितविभिन्नआकर्षक उपहारहरू प्राप्त गर्ने उनले बताए । ‘यस वर्षको प्रतिस्पर्धामा रोङगाउँपालिकाकाविभिन्नप्रतिभावानकलाकारहरूले भागलिएका छन्। फाइनलमा ५ जनाउत्कृष्ट प्रतिभाको तीनवटा विधाप्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,’अध्यक्ष स्याङ्बोले भने ।
आयोजक समितिले फाइनलप्रतिस्पर्धामा उपस्थितभएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण पनिविभिन्न टेलिभिजनच्यानल र अनलाइनप्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ ।
रोङप्रतिभाखोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफलभएको गाउँपालिकाअध्यक्ष स्याङ्बोले बताए । ‘सम्पूर्ण प्रतियोगीकलाकारलाई उच्चमनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रहगर्दछु । साथमा स्थानीय सरकार हुनेछ,’उनले भने ।
 

मङ्गलबार १८ असार २०८१ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया