images

देउवाले बोलाएको कार्यक्रममा ओली र प्रचण्ड(फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिएका छन् । 
मंगलबार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमाआयोजित‘क्रान्ति देखि शान्तिसम्म’भन्ने ऐतिहासिक फोटो प्रदर्शनीमा उनीहरुसँगै देखिएका हुन् । दुई नेताले साथै प्रदर्शनीको अवलोकन गरेका छन् । 
नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथाप्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा उक्तफोटो प्रदर्शनीको आयोजना गरिएको थियो । फोटो प्रदर्शनीको उदघाटन पार्टी सभापति देउवाले गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यका लागि प्रारम्भिक सहमति बनेको भोलिपल्ट देउवा र प्रचण्डसँगै देखिएका हुन् ।
संविधान संशोधन लगायत विभिन्न मुद्दा सम्बोधनको उद्देश्य सहित कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका छन् ।
सो कार्यक्रममा एमाले अध्यक्ष केपीशर्मा ओली पनि सहभागी भएका थिए । 

मङ्गलबार १८ असार २०८१ ०६:२७ PM मा प्रकाशित

प्रतिक्रिया