सलमानको फिल्म 'किसिका भाइ किसिका जान'ले ११ दिनमा कति करोड कमायो ? 

काठमाण्डौँ - यस वर्षको इदमा रिलिज भएको सलमान खानको फिल्म ‘किसीका भाइ किसी की जान’ सय करोड क्लबमा प्रवेश गरेको छ ।

दोस्रो आइतबार फिल्मले ४।३५ करोड कमाएको थियो । अहिले फिल्मको कुल कलेक्सन १००.२८ करोड भारु पुगेको छ ।
तर, सलमानका अघिल्ला फिल्मभन्दा यो निकै कम हो । 

सलमानका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ती सबैले पहिलो हप्तामा १०० करोडभन्दा बढी कलेक्सन गरेका थिए ।
सन् २०२३ मा अहिलेसम्म १०० करोड भारु वा सोभन्दा बढी कलेक्सन गर्ने तीन वटा हिन्दी फिल्म छन् । सलमानका यसअघिका फिल्म ‘भारत’ले पहिलो हप्ताको अन्त्यसम्म करिब १८० करोड कमाइसकेको थियो ।