काठमाडौँ - बिहीबार पनि अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा रहेको थियो।
युरोपियन युरोको मूल्य बढेको छ। युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा कायम गरिएको छ। बुधबार युरोपियन युरोको एकको खरिददर १३९ रूपैयाँ ४० रूपैयाँ ०५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा रहेको थियो।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ०३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ २२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ।