नेपालमा थप १ जनामा कोरोना संक्रमण, देशभर काेराेना अबस्था कस्ताे छ ?

काठमाडौं - देशभर थप १ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७१८ जनाको नमूना परीक्षण गरिएको थियो ।

१६७ जनाको पीसीआर र ५५१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने ९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।