images

नेप्से ३० अंकले घट्यो 

काठमाडौं । सातको दोस्रो कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ ।  
मंगलबार नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा चार अर्ब ४  ४ करोड ४६ लाख ६० हजार ३१४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 
३०५ वटा विभिन्न कम्पनीको कारोबार भएकोमा आज २०५ कम्पनीका लगानीकर्ताले लगानी गुमाए भने ३७ कम्पनीका लगानीकर्ताले कमाएको नेप्लेसे जनाएको छ । 
आज १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।
चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।
 

मङ्गलबार १७ पुस २०८० ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया