गुल्मी । गुल्मीमा कात्तिक १५ देखि २५ सम्म महोत्सव हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ तम्घासमा गुल्मी उद्योग संघले महोत्सव आयोजना गरेको हो ।
दशैं र तिहारको बीचमा हुने महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।
महोत्सवमा कृषि र पशुपालन क्षेत्रको प्रचार, पर्यटन प्रवद्र्धन, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गरिने आयोजक गुल्मी उद्योग संघले जनाएको छ ।
प्रतिक्रिया