काठमाडौं । चाडपर्वको मुखमाहुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथाउपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।चाडपर्व रप्राकृतिकविपत्तिकै समयमाकालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिकअनुगमन टोलीको संख्या बढाएको हो ।सोमबार मात्र १९ फर्म तथाउद्योगमाअनुगमना गरिएको विभागले जनाएको छ ।सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीनलाख रुपैंयाँ र इमिरो प्लाजालाई तीनलाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।
विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामाअनुगमनतथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । बिभागकामहानिर्देशक राजनपौडेलकाअनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमाकालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो । कालोबजारी वाकम गुणस्तरको सामग्रीविक्रीवितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीनलाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशकपौडेलले बताए । टोलीको नेतृत्वभने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।यस्तै कालोबजारी तथाम्यादगुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमाबजार अनुमगन सुरु गरेको महानिर्देशकपौडेलको भनाइ छ । सो संगै स्थानीयपालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तिब्रतादिएको विभागनले जनाएको छ ।
प्रतिक्रिया