images

पेरिस ओलम्पिकः प्रिन्स समूह चरणको सबै खेलमा पराजित

पेरिस । नेपालकाप्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजितभएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमाप्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पेफ्रान्सको पेरिसस्थितलाचापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खेलमा ५८ औं विश्व वरीयताका इजरायलकामिसाजिल्बरम्यानले प्रिन्सलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरे । प्रिन्सले जम्मा ३६ मिनेट कोर्टमा बिताए । पहिलो सेटमा १६ मिनेट टिकेका प्रिन्स दोश्रोमा २० मिनेट टिकेका थि
तीन खेलमाप्रिन्सले दोहोरो अंकमा स्कोर गरेको पहिलो पटक हो । उनले मिसाको सर्भिसमा पहिलो सेटमा ९ र दोश्रो सेटमा ७अंक बटुलेका थिए । आफ्नो सर्भिमा भने प्रिन्सले पहिलो र दोश्रो सेटमा समान ३–३ स्कोर गरे ।
प्रिन्स पहिलो खेलमाविश्वनम्बर २ डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ तथा दोश्रोमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हातगुयेनसंग २१–७ र २१–५ को सोझो पराजितभएकाथिए । 
गृष्माकालीनओलम्पिकमाप्रिन्स ३ खेल खेल्दै एकै संस्करणमा बढी खेल खेल्ने नेपाली खेलाडी बनेका छन् । सबै भन्दा बढी खेल खेल्ने नेपाली खेलाडीमा पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमाभएको चार ओलम्पिकमालगातार सहभागिताजनाएकाथिए 
नेपालले ओलम्पिकको ब्याडमिन्टनमा पहिलो पटक सहभागिताजनाएको हो । सन् १९६४ को टोकियो ओलम्पिक (१८ औं संस्करण) देखि भागलिन सुरु गरेको नेपालले पेरिस ओलम्पिक– २०२४ सम्म आइपुग्दा एक संस्करण बाहेक सबैमा निरन्तर सहभागी छ । १९ औं संस्करणमा नेपाल सहभागीभएन ।
पेरिस ओलम्पिकको तयारीकालागि २० वर्षीय प्रिन्सले करिब ४० दिनश्रीलंकामा प्रशिक्षण गरेका थिए । बुधबारको खेलमापूर्व राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ तथा त्यसअघिका २ खेलमा अल्साल्भाडरका मार्टिनेज नवररेट्टे जोस पेड्रोले प्रिन्सको प्रशिक्षकको भूमिकानिर्वाह गरेका थिए ।
खेलपछि पूर्व जुनियर नम्बर वानप्रिन्सले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउदै समग्रमाओलम्पिकअनुभव राम्रो भएको बताए । उनले धेरै भन्दा धेरै प्रतियोगितासंगै निरन्तर प्रशिक्षणको अवसर पाउने हो भने आगामीओलम्पिकका केहि गर्न सकिने बताउदै ओलम्पिकमा सहभागीहुने अवसर मिलाइदिने सबैलाई धन्यवाददिए ।
प्रिन्ससंगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्तभएको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकीमनीताश्रेष्ठ प्रधानतथा सुटिङकी सुस्मिता नेपाल पेरिस ओलम्पिकबाट बाहिरिसकेका छन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा७ खेलाडी सहभागी छन् । ओलम्पिकको अन्तिमदिन अगष्ट ११ तारिखमाएथलेटिक्सकी सन्तोषीश्रेष्ठले महिलाम्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषी पेरिस आइपुग्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषीमंगलबार पेरिस आइपुगकीहुन् ।
 

बिहीबार १७ साउन २०८१ १०:३८ AM मा प्रकाशित

प्रतिक्रिया