images

स्पेन र इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमाप्रवेश गरेका छन् । आइतबार रातिभएको राउन्ड अफसिक्सटीनको खेलमाजर्जियाविरुद्ध ४–१ गोलको जितदर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थानपक्का गरेको हो ।
स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानीओल्मोले एक एकगोल गरे ।
१८औं मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुआती समयमाभने पछि परेको थियो । सोहीअग्रताजर्जियाले काम राख्ननसक्दा ३९ औं मिनेटमा बराबरी गोल खानपुग्यो ।
स्पेनकालागि ३९औं रोड्रीले गोल गर्दै खेल १–१ अबस्थामाल्याएकाथिए । पहिलो हाफमा एक एकको बराबरी खेलेको स्पेनले दोस्रो हाफमाथपतीनगोल गर्दै क्वाटरफाइनलमा स्थानपक्का गर्न सफलभयो ।हाफको ५१औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए ।
७५औंमिनेटमा विलियम्सको गोलमा स्पेनले ३–१ को अग्रतालिएको थियो । ८३औंमिनेटमा मैदानप्रवेश गरेका ओल्मोले प्रवेश गरे लगत्तै गोल गरेपछि अन्ततः स्पेन ४–१ को शानदार जितनिकाल्न सफलभयो ।
जितसँगै स्पेनले अब स्पेनले क्वाटरफाइनलमाआयोजकजर्मनीको सामना गर्नेछ । जर्मनीले डेनमार्कलाई पराजितगर्दै क्वाटरफाइनलमाप्रवेश गरिसकेको छ ।
यस्तै, अर्को खेलमा स्लोभाकियाविरुद्ध पुनरागमनजितहासिलगर्दै इङ्ल्यान्ड पनि क्वाटरफाइनलमाप्रवेश गरेको हो ।
गेल्सेनकर्चेनमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २–१ ले पराजितगर्दै अन्तिम आठमा स्थानबनाएको हो । इङ्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तानह्यारी केनले गोल गरेका छन् ।२५औंमिनेटमा स्लोभाकियाकालागिइभान स्क्रान्जले गोल गर्दै सुरुआतीअग्रतादिलाएकाथिए ।
खेलमा एक शून्यगोलले पछि परेको इङ्ल्यान्डले बेलिङ्घमको गोलबाट नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो ।अतरिक्त समयको पाँचौं मिनेट बेलिङ्घमले उत्कृष्ट बाइसाइकलकिकमार्फत गोल गर्दै खेल अतिरिक्त समयमाधकेलेका थिए ।
अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तानह्यारी केनले गोल गर्दै २–१ को अग्रतादिलाए । त्यसपछि बाँकी समय थपगोल हुन सकेन र इंग्ल्याण्ड विजयीभयो ।
जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड सामना गर्नेछ । स्वीट्जरल्यान्डले साविकविजेता इटालीलाई पराजितगर्दै अन्तिम आठमा स्थानबनाइसकेको छ ।युरोकपमाआजफ्रान्स र बेल्जियमतथापोर्चुगल र स्लोभानियाआमने सामने हुने छन् । पहिलो खेल रातिपौने १० बजे तथा दोस्रो खेल रातिपौने १ बजे सुरुहुने छ ।
 

सोमबार १७ असार २०८१ १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया