images

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपालआयलनिगमले पेट्रोलियमपदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ ।
इन्डियन आयलकर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनिमूल्य घटाएको हो । हवाई इन्धन र एलपीग्यासको मूल्यभने यथावत राखिएको निगमले जनाएको छ ।
 

शनिबार १८ जेठ २०८१ ०७:०९ AM मा प्रकाशित

प्रतिक्रिया