images

सहकारी ठगी प्ररकण: संसदीय छानबिन विशेष समितिले आइतबारदेखि काम थाल्ने

काठमाडौं । सहकारीको बचत रकमअपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि कामथाल्ने भएको छ । सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागिआइतबारदेखि कामथाल्नेगरी कार्यालयको व्यवस्थापनभइरहेको संयोजकथापाले बताए ।  संसदीय समितिकाललागिकार्यालय र आवश्यकजनशक्ति जुटाउने कार्य भइरहेको संयोजकथापाले बताए । 
नेपालन्युज बैंकसँगउनले भने, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ । सम्भवतःहामीआइतबारदेखि नै कामथाल्नेगरी तयारीमा जुटेका छौं । आवश्यकबन्दोबस्तमिलाइदिन सभामुख समक्षआग्रह गरेका छौं । 
सिंहदरबारभित्रै कार्यालय कायमहुने समेत थापाको भनाइ छ  ।
सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।नेपालीकांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानतथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहितउनको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो । 
समितिमा नेपालीकांग्रेस र नेकपाएमालेबाट दुई÷दुई र नेकपामाओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक÷एकजना सांसद राखिएको छ ।
समितिमाकांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवीन्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिताभुषाल, माओवादी केन्द्रबाट लेखनाथदाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।
संसदीय समितिलाई आवश्यक छानविन गरि प्रतिवेदनबुझाउनतीनमहिनाको अवधिदिइएको छ । 
 

शनिबार १८ जेठ २०८१ ०७:२३ AM मा प्रकाशित

प्रतिक्रिया