काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुकोकार्यान्वयनमा जोड दिँदैश्रमशोषणका सबै अवस्थाको अन्त्य गरी श्रमिकका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसमा शुभकामना दिँदै आयोगले सरकारलाई श्रमिकका लागि संविधानमा व्यवस्था गरिएका तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी सन्धिहरुको कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गरेको छ । दैनिक हजारौंको संख्यामा युवा वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेको निजीक्षेत्रमा कार्यरत श्रमिकहरुले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेकोन्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिकाहरु, इँट्टाभट्टा, होटल तथा रेष्टुरेन्टहरुर निजी घरहरुमा समेत बालश्रमिकको रुपमा काम गर्न बाध्य भएको एवम् बाल हिंसा रयौनदुव्र्यवहारबाट पीडित भएका भनिएका घटनाहरु आयोगको जानकारीमा आएकोस्मरण गराउँदै आयोगले त्यसबाट श्रमिकलाई मुक्त गर्न सरकार लाग्नुपर्नेमा जोड दिएको छ। ‘श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुकोकार्यान्वयनमा जोड दिन, नेपाल सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिकसुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवम् श्रमशोषणका सबै अवस्थाको अन्त्य गर्ने, गराउने कार्यमा विशेष जोड दिन आयोग नेपाल सरकार तथासम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथआज अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका संयुक्त राष्ट्र संघद्वारा जारीअन्तर्राष्ट्रियश्रम संगठन सम्बन्धी महासन्धिहरु, नेपालको संविधान, श्रम ऐन,नियमावलीलगायतमा श्रमको सम्मान, समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने, रोजगारसम्झौता नगरी काममा लगाउन नपाउने, बालबालिकालाई काममा लगाउन नहुने, न्यूनतमपारिश्रमिक, विदा, आराम र विश्राम, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षासम्बन्धी व्यवस्था, ट्रेडयुनियन खोल्न पाउने र सामूहिक सौदावाजी गर्न पाउने लगायतका अधिकारको व्यवस्था गरिएको उल्लेख गर्दै आयोगले त्यसको कार्यान्वयन पक्ष बलियो बनाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरी, मानव बेचबिखन, बालश्रम र जबरजस्ती श्रमबाट मुक्त हुने वातावरणको सिर्जना गर्नुपर्नेकानुनी दायित्वका साथै श्रमिकको हक उल्लंघन भएमा उपचार प्राप्त गर्न सक्ने व्यवस्था समेत श्रमऐन र नियमावलीमा गरिएका भन्दै आयोगले उल्लिखित संवैधानिक तथा कानूनी व्यवस्थाका बावजुद् देशभित्र श्रमको वातावरण र उचित सम्मान हुननसकेको जनाएको छ ।
प्रतिक्रिया