आजको विनिमय दर : अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो

काठमाडौँ - बुधबार अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा रहेको थियो।

युरोपियन युरोको मूल्य बढेको छ। युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ ०५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा कायम गरिएको छ। मंगलबार युरोपियन युरोको एकको खरिददर १३९ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४० रूपैयाँ ३२ पैसा रहेको थियो।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ २८ पैसा र बिक्रीमा ९७ रूपैयाँ  ७२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र विक्रीमा १० रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।