प्रदेश एकको नाममा ‘कोशी’ स्वीकृत, छलफल जारी

 विराटनगर - प्रदेश एकको नाम ‘कोशी’ राख्न एमाले गरेको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्तावमाथि बैठकमा छलफल सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्तावलाई प्रदेशसभाले अस्वीकृत गरेसँगै कोशी नामको प्रस्तावमाथि छलफल सुरु भएको हो ।

कोशीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको हो । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।