दोलखा समाज जापानको क्युशु क्षेत्र स्तरीय भेला सम्पन, भुवन घिमिरेको संयोजकत्वमा कार्यसमिति गठन  

जापान, ओसाका । दोलखा समाज जापानको क्युशु क्षेत्र स्तरीय भेला तथा कार्यसमिति गठन कार्य सम्पन भएको छ । भेलाले भुवन घिमिरेको संयोजकत्वमा कार्यसमिति  गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गोपाल चौलागाईं, सचिवमा कृष्ण चौलागाईं सहसचिव सन्तोष कार्की, कोषाध्यक्ष दिलराम गिरी, सहकोषाध्यक्षमा उषा खत्री र सदस्यहरु कल्याणी खड्का, कल्पना सापकोटा, सविना सिवाकोटी, पवित्रा थापा रहनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि गैरआवसिया नेपाली संघ एनआरएन क्युशुका संयोजक विवेक बुढाथोकी रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक बुढाथोकीले प्रवासमा रहेर पनि दुख सुखको लागि एक जुुट भई हातेमालो गरी अगाडि बढ्ने काम दोलखा समाज जापानले गर्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा दोलखा समाज जापानका केन्द्रिय अध्यक्ष रोशन थापा, समाजका संरक्षक नवराज थापा, सल्लाहकार प्रदिप खड्का वाजिरो नेपाल सोसाईटीका सचिव उपेन्द्र भट्टराई, फुकुओका नेपाली सोसाईटीका उपाध्यक्ष दीपक विक लगायतका अतिथिहरुले भेलालाई सम्बोधन गर्नू भएको थियो । दोलखा समाज जापानले क्युशु क्षेत्र सहित  आफ्नो क्षेत्रिय समिति कान्साईमा यस अघि नै गठन गरि सकेको छ ।